सुर्खेत । ठेक्कामा पेश्की लिन मिलेमतो गरेको र ठेकेदारको नक्कली बैंक ग्यारेन्टी (जमानीपत्र) बनाइदिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रवन्धक रामजनक चौधरीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सोनापुर सिमेन्ट फ्याक्ट्री सडक निर्माणको ठेक्का पाएको वि.टी. र टौदहरफस्कु जेभीले दाङ घोराहीस्थित मध्यपश्चिम सडक डिभिजन कार्यालय नं २ मा बुझाउनुपर्ने अग्रिम भुक्तानी जमानी पत्र र सो जमानीपत्रको नवीकरण गरेको पत्र फर्जी बनाएको आधारमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

ठेक्काको पेश्की रकम लिन फर्जी अग्रिम भुक्तानी जमानीपत्र तयार गरेर वाणिज्य बैंक जुम्लाका तत्कालिन शाखा प्रबन्धक चौधरीले भ्रष्टाचारजन्य काम गरेको अख्तियारको दावी छ । यसमा ठेकेदार कम्पनीका सञ्चालक र प्रतिनिधिहरू मतियार बनेको अख्तियारको भनाइ छ ।

अख्तियारले यो घटनामा तीनवटा निर्माण कम्पनीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिहिबार, फाल्गुण २६, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४