सुर्खेत । कर्णाली प्रदेशका आठ जिल्लामा एकीकृत बस्ती निर्माण सुरु भएको छ । कर्णाली प्रदेशको जाजकोटको जुनिचाँदे गाउँपालिकाल७ मा ४० घर, बारेकोट गाउँपालिका ४,५ मा ६० घर निर्माण हुन लागेका हुन् ।

कालिकोट नरहरिनाथ ४ डाँडासुन्दरखामा ८० घर, रास्कोट गाउँपालिका ७ मा १०० घर निर्माण हुने छन् । मुगुमा खत्याड गाउँपालिका २ गाडेखोलामा दलित बस्ती विकास कार्यक्रम अन्तर्गत १८ घर, खत्याड ८ मै एकीकृत बस्ती अन्तर्गत २३ घर निर्माण गर्न लागिएको छ ।

हुम्लाको चंखेली गाउँपालिका ६ मा रातीपुरमा बस्ती विकास योजना अन्तर्गत ३३ घर, ताजाकोट गाउँपालिका १, २, ३, ४ र ५ एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत ८३ घर निर्माण कार्य जारी छ । आठ जिल्लाका जोखिममा परेका ठाउँमा घर निर्माणका लागि सम्भाव्यता अध्ययन ९डिपिआर० तयार भइ घर निर्माणको चरणमा गएको हो ।

अघिल्लो कार्यविधिले घर निर्माणका लागि बाधा पुगेको भन्दै दोस्रो पटक संशोधन भएपछि मात्र घर निर्माणको बाटो खुलेको हो । एकीकृत बस्तीको नाम दिएर एकै ठाउँमा घर निर्माण गर्दा जग्गा, जमिन, घर पालुवा जनावरसमेत हेरचाह गर्न सम्भव नभएपछि पीडित परिवारको तर्फबाट आलोचना भएपछि कार्यविधि संशोधन भएको हो ।

अब पायक पर्ने ठाउँमा घर निर्माण गर्न पाउने बाटो खुलेको जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी बताए । तत्कालीन अर्थ समितिका सभापति समेत रहेको मन्त्री सिंहले अब घर निर्माणको काम तीव्र गतिले अगाडि बढ्ने बताए ।

बुधबार, फाल्गुण २५, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४