सुर्खेत ।  आफ्नै श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । कालिकोट महाबै गाउँपालिका वडा नं. ३ घर भई हाल वीरेन्द्रनगर १० बुदबुदे सुर्खेतमा बस्दै आएका ४५ वर्षीय धनराज सिंहलाई प्रहरीले पक्राउ गरेको हो । २०५८ साल साउन २८ गते श्रीमतीकाे हत्या गरेकाे कसुरमा कर्तव्य ज्यान मुद्दामा सुर्खेत जिल्ला अदालतले सिंहलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । सिहंलाई २०५८ भदौं १४ गते अदालतले पुर्पक्षका लागि कारागार पठाइएपछि उनी २०५८ माघ २ गते सुर्खेत कारागारबाट सुरुङ खनेर फरार रहेको प्रहरीले जनाएको छ । तर २०६५ साल मंसिर १३ गते अदालतले अन्तिम फैसला गदै सिंहलाई २० बर्षको कैद सजाय तोकेको थियो । तर उनी लामो समयदेखी फरार रहेकाले विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको बिशेष टोलीले पक्राउ गरेको हो । उनलाई अदालतमा पेश गरेर कैद भुक्तानको लागी कारागार चलाउन गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार, माघ २५, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४