सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजारको मुख्य क्षेत्र वीरेन्द्र चोकमा बुधवार स्वर्गीय राजा वीरेन्द्रको अर्धकदको सालिक पुर्नस्थापना गरिएको छ ।

स्वतन्त्र नागरिक समाजको नामबाट आज वीरेन्द्र चोकमा स्व. राजा वीरेन्द्र ७७औं जन्मजयन्तीको अवसरमा सालिक पुर्नस्थापना गरिएको हो ।

तत्कालीन राजा वीरेन्द्रले मन पराएको ठाउँ भएकाले उहाँले नै सहरी योजनाविद् माधवभक्त माथेमालाई ल्याएर यहाँको गुरुयोजना बनाउन लगाउनुभएको थियो । २०४४ सालमा राजा वीरेन्द्रका दाम्पत्ति नै सुर्खेतमा आएर यो चोक अनावरण गर्नुभएको थियो । त्यसबेला नै यो चोकको नाम वीरेन्द्र चोक राखिएको हो । राजा वीरेन्द्र २०२३ सालमा पहिलो पटक सुर्खेत आउनुभएको वेला उहाँलाई उपत्यका खुब मन परेकाले २०२९ सालमा गुरुयोजना बनाउन लगाउनुभएको थियो । त्यतिबेलासम्म कटकुवा नगर पञ्चायतका रुपमा रहेको यो उपत्यकालाई त्यसैबेला वीरेन्द्र चोक नामाकरण गरिएको थियो ।

०६२/०६३ को जनआन्दोलनका वेला राजा वीरेन्द्रको शालिकसहितको वीरेन्द्र चोक भत्काएपछि पुनर्निर्माण गरिएको चोकको नाममा वीरेन्द्रको सालिक नराखेर गमला राखिएको थियो । नगरपालिकाले वीरेन्द्र चोकलाई ०७५ साल जेठमा पानीको फोहोरासहितको चोक निर्माण गर्ने योजना बनाएपनि विवाद भएपछि यो योजना सफल हुन सकेन र चोकमा गमला राखिएको थियो ।

सुर्खेत स्व. राजा वीरेन्द्रको मनपर्ने ठाँउ भएको र यहाँको विकासमा स्व. राजाको कदम योगदानलाई सम्मान गर्दै अहिलेलाई अर्धकदको सालिक पुर्नस्थापना गरिएको छ कार्यक्रमका अगुवा भरतप्रसाद ढकालले बताए । cp:thetriratna.com

बुधबार, पौष १४, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४