हुम्ला । हुम्लाका एक युवकलाई केटी पक्षका आफन्तले अन्तरजातीय विवाह गरेकै कारण कुटपिट गरी बेपत्ता बनाएका छन् । हुम्ला जिल्ला सर्केगाड गाउँपालिका १ को जैर गाउँका १९ वर्षीय चन्द्रे कामीले मुगु सोरु गाउँपालिक ४ स्थित लिप्रा गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग एक महिना अगाडि भागी विवाह गरेका थिए । तर, केटीका आफन्तले कुटपिट गरी युवकलाई बेपत्ता बनाएका छन् ।
गत मंसिर २९ मा केटी पक्षका आफन्तले कामीको घरमै पुगेर चन्द्रे र सुन्तलीलाई माइती घरमा ल्याएर युवकलाई कुटपिट गरी बेपत्ता बनाएको युवकका परिवारले बताएका छन् । ठकुरीकी छोरीसँग कामीको छोराले विवाह गरेको भन्दै युवती पक्षले छोरालाई निर्घात कुटपिट गर्नुका साथै तीन दिनदेखि बेपत्ता पारेको चन्द्रेका बुवा धनजय कामीले बताए । केटी पक्षका मान्छे आएर छोरा र बुहारीलाई लिएर गएको र छोरा सम्पर्कविहीन रहेको उनको भनाइ छ । तर, सुन्तली भने गाउँमै भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । युवकको खोजी भइरहेको हुम्ला जिल्लाका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

छोरा र बुहारीलाई अपहरण र कुटपिट गरेपछि आफूले १ पुसमा प्रहरीलाई जानकारी गराएको उनले बताए। छोरीलाई घरमा राखेर केटालाई बेपत्ता बनाएको आफूले जानकारी पाएको सर्केगाड १ का वडा अध्यक्ष गोकुल बुढाले बताए।

मंगलबार, पौष ०६, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१