काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकबाट ९ जना पूर्वविद्यार्थी नेतासहित १२ जनाले केन्द्रीय प्रतिनिधिको जिम्मेवारी पाएका छन् । माओवादी केन्द्रमा केन्द्रीय प्रतिनिधिले पार्टी केन्द्रीय समितिको बैठकमा भाग लिएर केन्द्रीय भूमिका निर्बाह गर्न पाउँछन् ।

बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले १२ युवाहरूलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । प्रवक्ता महराका अनुसार केन्द्रीय प्रतिनिधिको जिम्मेवारी पाउनेमा अखिल ९क्रान्तिकारी०का पूर्वनेताहरू रत्न ढकाल, नरेन्द्र न्यौपाने, सन्तोष बिष्ट , रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दीपक देवकोटा, विजय गौतम र उत्तम अधिकारी छन् ।

उनीहरूमध्ये ढकाल, न्यौपाने, विष्ट र तामाङ क्रान्तिकारीका पूर्वअध्यक्ष हुन् भने बस्नेत, भण्डारी, देवकोटा र गौतम पूर्व उपाध्यक्ष हुन्। अर्का नेता अधिकारी पूर्वमहासचिव हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रमा २० प्रतिशत युवा भित्र्याउने नीति अनुसार उनीहरूलाई पार्टी केन्द्रमा लाने घोषणा गत असोजमै गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले केन्द्रीय प्रतिनिधिमा लगिएका अन्य तीन जना नेतामा नुवाकोटका श्रीकृष्ण अधिकारी , जाजरकोटका गगन खड्का र रुकुम पश्चिमका पारसमणि रहेको जानकारी दिए । यसअघि माओवादी केन्द्रको पार्टी जिल्ला इन्चार्ज रहेका तर केन्द्रीय समितिमा नरहेका नेताहरूलाई पनि पार्टी केन्द्रीय प्रतिनिधिमा राखिएको छ ।

शुक्रबार, मंसिर १७, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४