काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको निर्वाचनमा केपी शर्मा ओलीलाई धुलो चटाइदिने बताएका छन् ।

एमाले विभाजनसँगै एकीकृत समाजवादी चम्किलो ताराको रूपमा उदाउँदै आएको भन्दै आगामी चुनावमा ओलीलाई धुलो चटाइदिने उनले बताएका हुन् ।

केपी ओलीले विधि र विधान विपरित एकल निर्णय गरेर पार्टी र सरकार हत्याउने षडयन्त्रमा लागेकाले संविधान र लोकतन्त्रको रक्षाका लागि नेकपा एकीकृत समाजवादी पार्टीको स्थापना गर्नुपरेको अध्यक्ष नेपालले बताए ।

अध्यक्ष नेपालले आफ्नो कार्यकर्ताले पसिना बगाएर काम गरेर आफ्नो जीवन निर्वाह गर्न आग्रह गरे । कृषि, उद्योग, सहकारी, व्यापार जुन चिजमा लागे पनि आफ्नो जीवन धान्‍ने काम गर्नुपर्ने उनको भनाइ छ ।

पार्टी स्कुल स्थापना गर्न लागिएको भन्दै नेपालले पार्टी विस्तार गर्दै जिल्ला, नगर, वडा हुँदै टोलटोलमा पार्टीको कार्यक्रम पुगिरहेको बताउँदै छिट्टै जनवर्गीय संगठनहरू गठन हुने बताए ।

शनिबार, आश्विन ०९, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957