दैलेख । निषेधाज्ञा (लकडाउन) को प्रभाव प्रत्यक्ष रुपमा कृर्षि क्षेत्रमा परेको छ । दैलेखमा उत्पादन भएको तरकारीले सहज बजार नपाउँदा किसानहरु मर्कामा परेका छन् ।
दैलेखको भगवतीमाई गाउँपालिका वडा नम्वर ६ शुद्ध कृषि तथा पशुपंक्षी एग्रो फार्म अन्तर्गत १२ रोपनी जग्गामा लगाएको तरकारीले उचित बजार नपाउँदा किसान मर्कामा परेका हुन् । 
कृषक गणेश रोकायाले १२ रोपनी जमीनमा १५ हजार बन्दा, २ हजार खुर्सानी, २ हजार टमाटर, फर्सि, लौका, काँक्रा, करेला लगाएतका तरकारी उत्पादन गरेका छन् । तर बजार छैन् । बजारसम्म तरकारी बिक्रीका लागि पुर्याउन नसक्दा सस्तो मूल्यमा छीमेकी जिल्लामा बिक्री गर्न बाध्य रहेको किसान रोकायको भनाई छ । दैनिक मात्रै २० क्विन्टल बढी बन्दा सस्तो मुल्यमा छिमेकी जिल्ला सुर्खेत पठाएको उनले बताए । ५०र६० रूपैया प्रतिकिलोमा बिक्रि हुने तरकारी ८ रुपैयामा नै बिक्रि गरेको उनि बताउँछन् । २० क्विन्टल बढी बन्दा टमाटर लगायतका अन्य तरकारी बारिमै सडे्को छ ।
सबै क्षेत्रमा हुने निषेधाज्ञाका कारण उत्पादन भएको तरकारीले बजार नपाउँदा लगानी पनि उठाउन सकिने अवस्था छैन’, रोकायाले भने । टमाटर बजार नपाउँदा बारिमा सडेर गयो केहि होला भन्ने आशले लगानी गरेपनि प्रतिफल भने माटोमा मिल्ने गरेको रोकायको भनाई छ ।
दैलेख सदरमुकाम आउन टाढा हुने र गाउँपालिकाले बजारीकरणको लागी सहजीकरण नगर्दा बारीको तरकारी बारी मै सड्ने अवस्था छ । तरकारीको थोक बजार छैन् । निषेधाज्ञामा किसानहरुसँग आवातजावतको ‘पास’ नुहुँदा बजारमा तरकारी बिक्री गर्न ल्याउन नसकिएको फर्म सञ्चालक कृष्णा रोकाया बताउँछिन् ।
निषेधाज्ञाका कारण दैलेखमा उत्पादन भएको तरकारी किसानलाई बिक्री गर्न मात्रै समस्या छैन, किसानहरुले बिषादी तथा मलसमेत सहज तथा सुलभ तरिकाले पाएका छैनन् ।

आइतबार, जेठ ३०, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४