सुर्खेत । पार्टी विरोधी गतिविधि वढ्दै गैरहेको भन्दै नेपाल कम्यूनिष्ट पार्टी (एमाले) सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले एकतालाई भाड्ने र पार्टी विभाजनमा वल पुग्ने काम नगर्न सम्वन्धित पक्षलाई अपील गरेका छन् ।

पार्टी आन्तरिक जीवनमा संकटहरु बढ्दै गइरहेको भन्दै बार्ता र संवादबाट समस्याको समाधान गर्नु आजको आवश्यकता भएको प्रष्ट पार्दै अध्यक्ष शाहीले नेतृत्व तहमा बसेकाहरुले वार्ता, सम्वाद र छलफलको माध्यमबाट पार्टीको आन्तरिक एकतालाई थप सुदृढ बनाउँदै जानुपर्ने अपिल मार्फत सुझाव दिएका छन् ।

विघटित प्रतिनिधि सभाका सदस्य समेत रहेका शाहीले एमाले पार्टीको आगामी दिनमा समेत विकल्प नभएको भन्दै पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरुको पार्टी एकताको मर्म र भावनालाई आत्मसाथ गर्दै एकतालाई थप सुदृढ गरी जिम्मेवारीपूर्वक अगाडि बढ्नु सबैको कर्तव्य भएको वताए।

अपिलमा केही नेता तथा कार्यकर्ताहरु पार्टी विभाजनमा लानु नै आफनो कर्तव्य झै ठानेर पार्टीका विरुद्धमा अनेक गतिविधिहरु गर्ने, कार्यकर्ता पंक्तिलाई भ्रमित तुल्याउँने गरिरहेको उल्लेख छ । शाहीले पार्टीका नेता तथा कार्यकर्ताहरु यस्ता गतिविधिमा नलाग्न, नगर्न, नगराउन हुन निर्देशन समेत गरेका छन् ।

अपीलमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसले नेपालमा पारेको प्रभावलाई मध्यनजर गरी यसको नियन्त्रण गर्ने अभियानमा आआफ्नो ठाउँबाट लाग्नसमेत आब्हान गरेका छन् ।

बिहिबार, जेठ १३, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१