काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा परेका दुवै दाबी किर्ते भएको भन्दै खारेज गर्न माग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत थापाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबीमा विश्वासको मत प्राप्त गर्ने आधार नरहेको बताएका हुन् ।उनले दुवै दाबी जाली र किर्ते भएको भन्दै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा गर्न माग गरेका छन् ।

‘दुवै जाली र किर्ते हुन्, दुवै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा होस्, थापाले लेखेका छन्, यिनीहरुले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे, लोकतन्त्रको नाममा ब्रम्हलुट गरे, अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ।’

ओलीले १ सय ५३ सांसदको समर्थन आफूलाई रहेको दाबी पेश गरेका छन् भने देउवाले १ सय ४९ जनाको हस्ताक्षरसहित दाबी गरेका छन् । संसदमा २७१ सांसद रहे पनि दुवैको दाबी जोड्दा नै सांसद संख्या ३ सय २ पुगेको छ ।

शुक्रबार, जेठ ०७, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४