राष्ट्रपती र प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा रिट हाल्ने तयारी

महाअभियोग लगाएर राष्ट्रपति हटाउन तरुण दलको माग

ज्वाला अपडेट

५ वर्ष अगाडि

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने तयारी गरिएको छ । संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको आव्हानको विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने तयारी गरिएको हो ।

अधिवक्ताद्धय वीरभद्र जोशी र सन्तोष भण्डारीले राष्ट्रपतिले गरेको सरकार गठनको आव्हान गैरसंवैधानिक भएको भन्दै छ्ट्टाछुट्टै रिट हाल्ने तयारी गरेका छन् । राष्ट्रपति भण्डारीले शुक्रबार साँँझ ५ बजेसम्म नयाँ सरकार गठनका लागि प्रतिनिधिसभाका सदस्यलाई आव्हान गरेकी थिईन् ।

प्रधानमन्त्री र राष्ट्रपतिले संविधान मिच्ने काम गरेको भन्दै चौतर्फी विरोध

 

प्रधानमन्त्रीमा केपी शर्मा ओली पुनः नियुक्त भएपछि संसदबाट ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाभएपनि त्यलाई पन्छाउँदै राष्ठ्रपति भण्डारीले नयाँ सरकार गठनको आव्हान गरेकी थिईन् ।

महाअभियोग लगाएर राष्ट्रपति हटाउन तरुण दलको माग

नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाई हटाउन माग गरेको छ । राष्ट्रपति भण्डारीले हिजो नयाँ सरकार गठनका लागि प्रक्रिया थालेपछि तरुण दलले महाअभियोग लगाएर हटाउन माग गरेको हो ।

तरुण दलले संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पनि नलिएको र राजीनामासमेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत भएको जनाएको छ । यस कदमले संविधानमाथि राष्ट्रपतिबाट फेरि घात भएको तरुण दलले जनाएको छ ।

शुक्रबार, जेठ ०७, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१