काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन आज हुँदै छ । बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ । उपनिर्वाचनमा नेकपा एमालेकै दुई जनासहित तीन उम्मेदवार चुनावी मैदानमा छन् ।

एमालेको संस्थापन पक्षका गृहमन्त्री रामबहादुर थापा बादल र नेकपा एमालेकै नेपाल खनाल समूहका तर्फबाट डाक्टर खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन् । ​देवकोटालाई नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थन छ ।

यो उप चुनावमा बागमती प्रदेश सभाका १ सय ९ जना सदस्य र प्रदेशका १ सय १९ स्थानीय तहका मेयर, उपमेयर तथा अध्यक्ष, उपाध्यक्ष २ सय ३८ जना गरी कुल ३ सय ४७ जनाले मतदान गर्नेछन् ।

प्रदेशसभा सदस्यको मत बराबर ४८ मतभार गणना हुन्छ । त्यस्तै स्थानीय तहका प्रमुख र उपप्रमुख दुवैको मतभार समान रहेको छ । प्रत्येक स्थानीय तहका प्रमुख वा उपप्रमुखको मत बराबर १८ मतभार गणना हुन्छ। बागमती प्रदेशमा एमाले मतभारका आधारमा पहिलो पार्टी हो । मतदाताको निर्वाचक मण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अनुरुप हुने निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ । आयोगले सबै मतदातालाई मतदानमा सहभागी हुन अनुरोध गरेको छ ।

निर्वाचन आचारसंहिता विपरीतका कार्य गर्ने व्यक्ति वा संस्थालाई कानूनबमोजिम कारवाही गर्न सकिने र आचारसंहिता विपरीत कार्य गर्नेको अभिलेख राखिने जनाइएको छ । निर्वाचन आचारसंहिता एक कानूनी आधार र नैतिक बन्धन भएकाले सोको पालना गरी निर्वाचन निष्पक्ष ढंगबाट सञ्चालन गर्ने कार्यमा सहयोग पुर्‍याउन आयोगले सबैमा आग्रह गरेको छ ।

ओलीको चेतावनी

नेकपा–एमाले अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा उप चुनावमा गृहमन्त्री रामबहादुर थापा बादललाई भोट दिन पार्टीका मतदातालाई अपील गरेका छन् । मतदान हुनु एक दिन अघि अपील सार्वजनिक गरी पार्टीका सबै मतदातालाई गृहमन्त्री थापालाई भोट दिन निर्देशन दिएका हुन् ।

वरिष्ठ नेता माधवकुमार नेपालले गृहमन्त्री थापालाई भोट दिन नसकिने भन्दै आफू पक्षीय मतदाताले विवेक प्रयोग गर्ने बताएको भोलि पल्ट अध्यक्ष ओलीले थापाका लागि भोट मागेका हुन् । अन्यथा कारवाही गर्ने समेत ओलीले चेतावनी दिएका छन् । विपक्षमा मत हाले क्षमा नदिने ओलीको चेतावनी सहित ओलीले नेपाल खनाल पक्षलाई सचेत गराएका छन् । पार्टीको उम्मेदवार विरुद्ध उम्मेदवारी दिनु, निर्वाचन चिन्ह अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा मत खसाउने विषय कल्पना बाहिरको कुरा भएको पनि ओलीको अपीलमा उल्लेख छ ।

स्वविवेकको अधिकार

नेकपा एमालेका नेता माधवकुमार नेपालले मतदातालाई स्वविवेक प्रयोग गर्न दिने कुरामा सहमति भए पनि बादललाई समर्थन नजनाएको छ । नेपालको सचिवालयले मंगलबार विज्ञप्ती निकालेर अन्य दल समेतलाई सहमत गराएर आफूले डाक्टर खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएको भन्दै अहिले अन्यथा गर्न नसक्ने स्पष्ट बताएका छन् । मंगलबार दिउँसो गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय सभाका उप(चुनावमा आफू लाई सहयोग गर्न भन्दै नेपाल निवास कोटेश्वर पुगेका थिए । भेटमा वरिष्ठ नेता नेपाल सकारात्मक रहेको गृहमन्त्री थापाको सचिवालयले जनाएको थियो ।

आयोगको ध्यानाकर्षण

राष्ट्रिय सभा उप निर्वाचनको मौन अवधिमा मत माग्दै जारी भएका विज्ञप्ति र समाचार सामग्रीप्रति निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले उम्मेदवार तथा गृहमन्त्री रामबहादुर थापालाई भोट दिनू भनेर अपील सार्वजनिक गरेपछि आयोगको प्रतिक्रिया आएको हो ।

आचार संहिताको उल्लंघन स्वीकार्य नहुने भन्दै आयोगले आचार संहिता उल्लंघन गर्नेहरुको अभिलेख राखेर कानून बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ। प्रधानमन्त्री ओली विरुद्ध उजुरी परेमा आयोगले जाँचबुझ गरी एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

बिहिबार, जेठ ०६, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१