काठमाडौं । बिहीबार प्रधानमन्त्रीमा पुन नियुक्त भएका केपी शर्मा ओलीले मन्त्रिपरिषदमा पुरानै नेताहरुलाई दोहोर्‍याउने तयारी गरेका छन् । प्रधानमन्त्रीले शुक्रबार साढे दुई बजे शपथ लिदैछन् । यसपछि मन्त्रीहरुको शपथ हुनेछ ।

२७ वैशाखमा प्रतिनिधिसभामा ओलीले विश्वासको मत नपाएर पदमुक्त भएका थिए । तर राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको समयमा कसैको दावी नपरेपछि संविधानको धारा ७६ (३) अनुसार ओली संसदको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुनःप्रधानमन्त्री नियुक्त भएका छन् ।

खानेपानी मन्त्री मणि थापा र युवा तथा खेलकुद मन्त्री दावा लामा सांसद नभएकाले १० असारमा स्वतः पदमुक्त हुँदैछन् । तर अहिले कुनैपनि मन्त्री नहटाउने तयारी भएको स्रोतको बतायो ।

ओलीले मन्त्रिपरिषद् गठन गर्दा नेता माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो समूहका सांसदलाई पनि समेट्ने तयारी गरेका स्रोतको भनाइ छ ।

यसैविच, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित कदमबारे छलफल गरेका छन् ।

वैकल्पिक सरकार गठनको प्रयास असफल भएपछि तीन दलका नेताहरु एकठाउँमा बसेका थिए । बैठकमा नेताहरुले जसपालाई एकतावद्ध बनाउन नसकेको र एमालेको माधव नेपाल समूहका नेताहरुले सहयोग नगरेको गुनासो गरेका छन् ।

अब प्रधानमन्त्रीले विश्वासको मत लिएर सरकार चलाउँछन् कि मध्यावधि चुनावतिर लैजान्छन् भन्ने पनि छलफल भएको थियो ।

शुक्रबार, बैशाख ३१, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957