सुर्खेत । कोभिड १९ को सङ्क्रमण बढेसँगै निजी क्लिनिक तथा मेडिकलहरूले शंकास्पद बिरामीलाई जथाभावी औषधि बिक्री वितरण गरेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले त्यस्तो नगर्न सचेत गराएको छ ।

पछिल्लो समय सुर्खेतका केही स्वास्थ्य संस्था र स्वास्थ्य सेवा प्रदायकबाट ज्वरो, रुघा, खोकीका बिरामीलाई विश्वसनीय प्रयोगशालाबाट परीक्षण नगरेरै टाइफाइड ज्वरो भनी नशाबाट एन्टिबायोटिक प्रयोग गरी कोभिडका बिरामीको स्वास्थ्यमा थप जटिलता आएको पाइएकाले कार्यालयले सचेत गराएको हो ।

कार्यालयले कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ ।

स्वास्थ्य सेवा कार्यालयले कोभिड १९ को परीक्षणको पहुँच बढाउन कार्यालयबाट आइतबार, मङ्गलबार र बिहीबार दिउँसो, वीरेन्द्रनगर नगरपालिका कार्यालय अगाडिबाट सोमबार, बुधबार र शुक्रबार बिहान, स्वास्थ्य सेवा निर्देशनालयको प्रयोगशालाबाट शुक्रबार बिहान तथा प्रदेश अस्पतालमा आइतबारदेखि शुक्रबारसम्म बिहान र सबै स्थानीय तहमा परीक्षणको व्यवस्था मिलाइएको जानकारी दिएको छ।

बुधबार, बैशाख २९, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१