कर्णाली । कर्णाली प्रदेश सरकारले नयाँ भेरियन्टसहितको कोभिड १९ को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि स्वास्थ्यका १२० कर्मचारीलाई करार नियुक्ति दिएको छ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्यका पाँचौँ तहका १२० कर्मचारीलाई करार नियुक्तिका लागि सिफारिस गरेको हो । आयुर्वेदिक तर्फ कविराज दुई, रेडियोग्राफर फार्मेसी असिस्टेन्ट छरछ, ल्याब टेक्निसियनतर्फ १२ र स्टाफ नर्सतर्फ ७६ जनालाई करार नियुक्तिका लागि सिफारिस गरिएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए ।

निर्देशक डा. खड्काका अनुसार प्रदेश अस्पताल सुर्खेतमा तीन, स्वास्थ्य सेवा कार्यालय कालीकोटमा र जाजरकोटमा दुई/दुई, हुम्ला, मुगु र डोल्पामा एक/एक हेल्थ असिस्टेन्ट सिफारिस गरिएको छ । त्यस्तै प्रदेश अस्पताल सुर्खेत, जिल्ला अस्पताल दैलेख, रुकुमपश्चि, कालीकोट, जाजरकोट र मुगुमा एक/एक गरी छ रेडियोग्राफरलाई करार नियुक्ति दिइएको छ ।

त्यसैगरी प्रदेश अस्पतालमा पाँच र मेहलकुना अस्पताल सुर्खेतमा एक गरी छ, स्वास्थ्य सेवा कार्यालय मुगु, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यानमा एक/एक गरी १२ ल्याब असिस्टेन्टलाई करार नियुक्ति दिइएको उनले बताए । त्यस्तै फार्मेसी सहायक प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य सेवा कार्यालय कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान एक/एक गरी छ जना सिफारिस गरिएको छ ।

निर्देशक डा. खड्काका अनुसार स्टार्फ नर्स कर्णाली प्रदेश अस्पतालमा ५९ र मेहलकुना अस्पतालमा दुई, स्वास्थ्य सेवा कार्यालय हुम्लामा तीन, मुगु, डोल्पा, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम, सल्यानमा दुई/दुई गरी १५ जना सिफारिस गरिएको छ । स्वास्थ्य सेवा कार्यालय मुगु र दैलेखका लागि एक/एक जना कविराज नियुक्त गरिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

करार नियुक्तिका लागि सिफारिस भएका सबै कर्मचारीलाई पाँच दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशनालयले निर्देशन दिएको छ । प्रदेश सरकारले असोज ८ गते सेवा करारका लागि गरेको विज्ञापनमा विभिन्न ढिलाइ भए पनि हालै सिफारिस गरिएको जनशक्तिले कोभिड नियन्त्रण तथा व्यवस्थापनमा ठूलो सहयोग पुग्ने प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले बताए ।

मंगलबार, बैशाख २८, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८