काठमाडौं । प्रधानमन्त्रीले विश्वासको मत लिन आह्वान गरेको प्रतिनिधिसभाको विशेष अधिवेशनमा कस्तो रणनीति भन्नेबारे नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदको छलफल सुरु भएको छ ।

सांसद पदबाट राजीनामा दिने वा अरु विकल्पमा जाने भन्ने विषयमा निर्णय लिन नेपाल पक्षका सांसद सिंहदरबारमा छलफलमा जुटेका हुन् । सांसदहरुको छलफलअघि आइतबार नै नेपाल पक्षका स्थायी कमिटी सदस्यको बैठक बसेको थियो ।

भर्चुअल माध्यमबाट भएको बैठकले सांसदहरुसँग छलफल गरेर मात्र राजीनामाबारे कदम चाल्ने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले बताए ।

ती नेताका अनुसार अहिलेसम्म राजीनामाकै सम्भावना बढी देखिएको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले २ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्वमा फर्कन तयार नभएकाले सामूहिक राजीनामा दिने यो समूहले निष्कर्ष निकालेको छ ।

आइतबार, बैशाख २६, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957