कर्णालीका १० वटै जिल्लामा फैलियो कोरोना संक्रमण

रोग नियन्त्रणलाई प्रभावकारी बनाउन नियन्त्रण निर्देशक समिति गठन

ज्वाला अपडेट

५ वर्ष अगाडि

सुर्खेत । कोरोनाको दोस्रो लहर कर्णाली प्रदेशमा पनि तिव्र गतिमा फैलिरहेको छ । प्रदेशका १० वटै जिल्लाहरुमा दिन प्रतिदिन संक्रमितहरु बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ५ सय ९९ जनामा कोरोना भाइरस ९कोभिड—१९०को संक्रमण पुष्टी भएको छ । प्रदेशका विभिन्न प्रयोगशालाहरुमा आरटी पिसिआर विधिबाट गरिएको परिक्षणमा ३ सय ८१ जना र ¥यापिड एन्टिजेन विधिबाट गरिएको परिक्षणमा २ सय १८ जनामा संक्रमण पुष्टी भएको हो ।

जसमा सुर्खेतमा मात्रै ३ सय ६२ जना रहेका छन् । यस्तै दैलेखमा ६३ जना, जाजरकोटका ३८ जना, रुकुमपश्चिमका ५२, सल्यानका ५४, कालिकोटका २०, जम्लाका २, डोल्पाका १ र अन्य प्रदेशका ७ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५० जना संक्रमित उपचार पछि निको भएका छन् । यो संगै कुल डिस्चार्ज हुनेको संख्या ७ हजार ७ सय ९८ पुगेको छ । यो संगै हाल कर्णालीमा संक्रिय संक्रमितको संख्या ३ हजार २ सय ४७ पुगेको छ ।

रोग नियन्त्रणलाई प्रभावकारी बनाउन नियन्त्रण निर्देशक समिति गठन
यसैविच, कर्णाली प्रदेश सरकारकाले कोभिड १९ रोग नियन्त्रण तथा व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउनको लागि कोभिड रोग नियन्त्रण व्यवस्थापन निर्देशक समिति गठन गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा, आर्थिक मामिला तथा कानून मन्त्री, सामाजिक विकास मन्त्री सदस्य रहने गरि समिति गठन गरिएको हो ।

समितिमा जिल्ला सदरमुकाममा रहेका पालिकाका प्रमुख वा अध्यक्षहरु, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, प्रहरी नायव महानिरिक्षक, १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी समेत सदस्य रहेका छन् । समितिको सामाजिक विकास मन्त्रालयका सचिव सदस्य सचिव रहेका छन् । समितिले कोभिड व्यवस्थापनको कार्यलाई प्रदेशभर प्रभावकारी बनाउन काम गर्ने सरकारका प्रवत्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले बतार्इन् ।

यस्तै कोभिड १९ रोग नियन्त्रण÷व्यवस्थापनको लागि सामाजिक विकास मन्त्रालयलाई आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १० करोड बजेट थप गर्ने निर्णय गरेको छ । प्राविधिक जनशक्ति सेवा करारमा छनौट गर्ने कार्यविधि २०७६ अनुसार विज्ञापन गरिएको भन्दा नबढ्ने गरी करारमा कर्मचारी नियुक्ति गर्न सामाजिक विकास मन्त्रालय मार्फत स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतलाई स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।

शनिबार, बैशाख २५, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१