सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रत्येक जिल्लालाई एक/एक करोड रुपैयाँ दिने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले जिल्लामा अक्सिजन सिलिन्डर, अक्सिजन आपूर्तिलगायतका समस्या समधानका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले जानकारी दिईन् ।

प्रत्येक जिल्लामा एक/एक करोड, प्रदेश अस्पताल सुर्खेत, चौरजहारी अस्पताल रुकुमपश्चिम र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई एक करोड तथा मेहेकुना अस्पताल सुर्खेत र दैलेख अस्पतालमा ५०/५० लाख रुपैयाँ पठाउने निर्णय भएको छ । यस्तै बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमा ५० लाख रुपैयाँ आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध कोषबाट जम्मा गर्ने निर्णय भएको केसीले जानकारी दिईन् ।

प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले प्रदेश अस्पतलामा तत्काल एक सय बेड, दैलेख, कालीकोट, जाजरकोट, रुकुमपश्चिममा अक्सिजनसहित एक/एक सय बेड र अन्य जिल्लामा ५०/५० बेड तयार गर्ने गरी काम अघि बढाइएको छ ।

प्रदेश सरकारले अस्पतालमा भर्ना भएका बिरामीका लागि स्वस्थ र पौष्टिक खाना खर्चका लागि हुम्ला, मुगु र डोल्पाका लागि प्रतिदिन छ सय रुपैयाँ, कालीकोट र जुम्लाका लागि प्रति दिन पाँच सय रुपैयाँ र अन्य जिल्लाका बिरामीहरुका लागि प्रतिदिन चार सय रुपैयाँ खाना खर्च उपलब्ध गराउने भएको हो ।

सोमबार, बैशाख २०, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१