काठमाण्डौ । पार्टीभित्र विवाद बढ्दै जाँदा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको दूरी घटाउने प्रयास गरेका छन् ।

प्रचण्डको प्रस्ताव फिर्ता नहुँदासम्म बैठकमै उपस्थित नहुने अडान लिंदै आएका ओली प्रचण्डलाई भेट्न शनिबार उनकै निवास खुमलटार पुगे । । यसअघि छलफलको लागि प्रचण्डलाई बालुवाटार बोलाउने ओली प्रचण्डलाई भेट्नकै लागि पहिलोपटक खुमलटार पुग्दा नेकपाकै नेताहरु आश्चर्यचकित भएका छन् । झण्डै एक घण्टा भएको छलफलमा ओली र प्रचण्डसँगै पार्टी उपाध्यक्ष वामदेव गौतम पनि उपस्थित थिए ।

छलफलमा कुनै ठोस निष्कर्ष ननिस्किए पनि यसले पार्टीभित्रको विवाद मिलाउन सकारात्मक भूमिका खेलेको नेकपा नेताहरुको भनाइ छ । यसअघि जस्तै शनिबारको भेटमा पनि ओलीले आफूविरुद्धको ‘आरोपपत्र’ फिर्ता लिएर सहमतिका साथ अघि बढ्न प्रचण्डसँग आग्रह गरेका थिए ।
ओलीको यो आग्रहलाई अस्वीकार गर्दै प्रचण्डले स्थायी कमिटी बैठकमै छलफल गर्नुपर्नेमा जोड दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

ओली र प्रचण्डको सचिवालयले खुमलटारको भेट बालुवाटारमा हुँदै आएको भेटकै निरन्तरता भएको जनाएका छन् । शुक्रबार पनि ओली र प्रचण्डबीच छलफल भएको थियो ।

गृहमन्त्री थापाको निवासमा प्रधानमन्त्री पुगेपछि मन्त्री क्वाटारमा रहेका अरु मन्त्रीहरु पनि उपस्थित भएका थिए । त्यहाँ प्रधानमन्त्री ओलीले आफू प्रचण्डलाई भेटेर फर्किएको जानकारी दिएका थिए ।

आइतबार स्थायी कमिटी बैठकअघि सहमति जुटाउने प्रयासस्वरुप नेकपाका शीर्ष र दोस्रो तहका नेताहरु औपचारिक र अनौपचारिक छलफलमा जुटेका छन् । प्रचण्डले प्रस्ताव फिर्ता लिनुपर्ने ओलीको अडान छ भने दुवै प्रस्ताव स्थायी कमिटी बैठकमै छलफल हुनुपर्ने प्रचण्ड–नेपाल पक्षको अडान छ ।

शनिबार, पौष ०४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957