सुर्खेत । कर्णाली प्रदेशमा रहेका चार वटै आरटी पीसीआर प्रयोगशाला बन्द नगर्ने निर्णय गरिएको छ । सामाजिक विकास मन्त्रालयले चाड पर्व लक्षित स्वास्थ्य सेवा व्यवस्थापनका लागि आरटीपीसीआर परीक्षण प्रयोगशाला खुला नै राख्ने निर्णय गरेको हो ।

कोभिड–१९ लगायतका बिरामीको चाप बढ्ने सक्ने भएकाले नियमित आमस्मिक सेवाका अतिरिक्त चिकित्सक र अन्य स्वास्थ्यकर्मीले निरन्तर सेवा गर्न सक्ने गरी जनशक्ती तयारी अवस्थामा राख्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता विष्णु अधिकारीले जानकारी दिए ।

उनकाअनुसार प्रदेशमा रहेका सबै अस्पताल, स्वास्थ्य संस्था र कोभिड १९ प्रतिकार्यका लागि खटाइएका जनशक्तिको विवरण स्वास्थ्य सेवा निर्देशनालयलाई उपलव्ध गराइने छ ।

तर चाडपर्वको समयमा भने कोभिड १९ परीक्षण गर्न पीसीआर प्रयोगशालाहरुले चिकित्सकले सिफारिस गरेका र लक्षण देखिएका अत्यावश्यक व्यक्तिहरुको मात्रै परीक्षण गरिने प्रवक्ता अधिकारीको भनाई छ ।

यसैविच, निर्देशनालय मातहतका अस्पताल र अन्य स्वास्थ्य संस्थाहरुको सेवा प्रवाहको सूचना संकलन, प्रशोधन, मन्त्रलायलाई प्रतिवेदन र सहजीकरण गर्न निर्देशनालयका निमित्त निर्देशकको संयोजकत्वमा सेवा प्रवाह सहजीकरण ईकाइ गठन गरिएको छ ।

इकाईको संयोजकमा स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डा। रबिन खड्का र सदस्यहरुमा प्रदेश अस्पतालका डा. प्रदिप न्यौपाने र जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका बरिष्ठ जनस्वास्थय अधिकृत चेतननीधि वाग्ले छन् ।

अस्पताल, स्वास्थय चौकीबाट प्रदान गरिने अत्यावश्यक सेवा र कोभिड १९ लक्षितमा खटिने जनशक्तिहरुले भने सुविधा उपलव्ध गराइने मन्त्रालयले जनाएको छ ।

बुधबार, कार्तिक ०५, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957