गोविन्द बिश्वकर्मा

५ वर्ष अगाडि

सुर्खेत । देशभरका दलित अधिकारकर्मीहरुले रुकुम सोती घटना सेलाउन लागेको भन्दै उच्च अदालत सुर्खेतमा धर्ना दिएका छन् ।


गत जेठ १० गते रुकुक पश्भिचम चौरजहारी सोतीमा जाजरकोटका नवराज वि.क सहित ६ जनाको हत्या भएको घटनालाई सरकार पक्षले मिलाउन खाजेको भन्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा न्याय लुकाउन नपाईने र हत्यारालाई कारबाहीको माग राख्दै धर्ना दिईएको हो ।


जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका नवराज वि.क लगायत उनका ५ जनासाथी रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती गाउँमा प्रेमिका शुष्मा मल्ललाई विवाहका लागि भगाउन गएका वि.क र उनका साथीहरुलाई सोतीका गाउँलेहरुले घरेलु हातहतियारको प्रयोग गरी क्रूरता पूर्वक हत्या गरेर भरी नदीमा फालिएको थियो ।

उक्त हत्याकाण्डको मुद्दा उच्चअदालत सुर्खेत सम्म पुगेको छ । यता अदालतमा मुद्दा विषयक बहस भइरहेको छ । यता पीडितहरु न्यायको लागि उच्च अदालत सुर्खेत सम्म पुगेका छन् । न्याय पाउने या नपाउने उनीहरू अन्योलमा रहेका छन् । हत्याकाण्डका नाइके वडाध्यक्ष डम्बरबहादुर मल्ल पूर्व गृहमन्त्री शर्माका आफन्तलाई जोगाउ अभियान चलिरहेको दलित अधिकरकर्मी सरु सुनार ले बताइन् । उनले भनिन् दोषीलाई कानूनको तराजुमा न्याय नभए, कारवाहीको दाहेरामा नल्याए अब युद्ध सुरु हुने अधिकारकर्मी सुनारको भनाई रहेको छ ।

बहसमा दोषी ठानिएका वडाध्यक्ष लगायत पूर्व गृहमन्त्री जनार्दन शर्माका नातेदाहरु लाई बचाउने खेल रचेको भन्दै संयुक्त राजनीतिक दलित संघर्ष समिति आन्दोलनमा उत्रिएको दलित अधिकारकर्मी तथा पत्रकार खगेन्द्र सुनारले बताए ।

पीडितहरु कानूनको दाह्रा पछि दौडिरहेका छन् । कानुनले न्याय दिन्छकी भन्ने आशामा परेका छन् । अर्कातिर न्यायलय मन्त्री देखि सांसदहरुले हत्याकाण्ड पुष्टि भएपनि दबाउ प्रबृत्ति चलाएका छन ।

शुक्रबार, आश्विन ०९, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957