त्यो नौ महिना मेरो लागि स्वर्ग थियो।
त्यो कोख मेरो लागि बहुमुल्य थियो।

यदि मेरो मुटु मबाट छुट्छ भन्ने मलाइ थाहा‌ भएको भए म यो संसारमा नआएकै भए हुन्थ्यो । छुन नहुने रोग यो,टाढा बस्नु पर्ने रोग यो यदि तपाइ त्यो भिडबाट टाढा नै बसेको भए,कतै यस्तो हुदैन थियो कि ?

यदि तपाइले मेरो नियमित चेकजाँच नगरि घरमै बसेको भए,यो रोगले नछुने थियो कि ? म जन्माउन,मलाइ यो संसार देखाउन तिमी हिडेकि थियौ आमा,कुनै नियम मिच्न होइन,बरु नियम मिचेको आरोपमा नै तिमीलाइ बन्दक बनाएको भए हुन्थ्यो ।
कहाँ गएका थिए ति पुलिसहरु,बरु रोकेकै भए सहि,छेकेकै भइ सहि ।
बरु ति स्वास्थ्यकर्मिले हस्पिटलमा भर्ना नलिगेको भए कतै यस्तो हुदैन थियो कि ?

आमाको काख प्यारो भन्छन्,मेरो लागि त्यहि नौ महिना प्यारो भयो।

यो त रोग नै यस्तो रैछ, आफ्नालाइ पनि टाढा बनाइदिने ।काखमा भएको मलाइ पनि तिमीबाट टाढा बनाइदियो ।
मेरो नामाकरण हुनु पहिले नेपालले तिम्रो नामाकरण गर्यो कोरोनाबाट मर्ने पहिलो महिला।।।

आमाको माया भन्दा ठुलो माया केहि हुन्न भन्थे ,यदि त्यस्तो माया गरेको भए,लान सक्थ्यौ‌ मलाइ पनि तिमीसङ्गै,नौ महिना कोखमा राख्ने तिमीलाइ म नौ दिनमै बढि भए ?
यो दुरिको रोग रैछ आमा,दुरिमै बसेको भए केहि हुन्न थियो कि ?
तातो काख,आज सेलायो,तिम्रो स्थनबाट मेरो लागि आउने दुध सधैको लागि रोकियो।मेरो नाममा देखेको यो संसार अन्धकार भयो।

तिम्रो चर्चा भइरहदा,सारासंसारले मलाइ बिर्सियो बिर्सिने संसारको मलाइ डर थिएन,डर तिम्रो थियो तर तिमीले पनि बिर्सियौ।
कति पत्रकारलाइ समाचार भयो,टिभि च्यानललाइ हेडलाइट भयो, मेरो आफन्तलाइ रुने बाटो भयो,बाटो हिड्नेलाइ डरको खुड्किलो भयो,नियम मिच्नेलाइ घर बस्ने बनायो।

मलाइ त दुनियाँमा सामु एक टुहुरो बनायो,आमा तिमीले काखमा राखेको मलाइ आज डाक्टरहरुलाइ छुनसम्म डर छ,हेर्नसम्म त्रास छ ।

देखिदैन होला म रोएको,बुझ्दैनन् होला म छट्पटिएको ।टाढा बसेर बाचिन्छ भनेलाइ म हासिहासि भन्न चाहन्छु,मलाइ त्यहि मेरि आमाको काखको न्यानोपनमा छोडिदेउ,म सधैको लागि हास्नेछु,सधैको लागि जिवित हुनेछु।मेरो आमा नजिक हुदा म मर्ने भए,त्यो कोखमा हुदा कसरि बाचे रुमलाइ टाढा होइन,मेरि आमा सङ्गै राखिदेउ।दुरिको रोगबाट म बाच्न सकुला तर आमाको त्यो तातोपनको अभाव,मेरो जिउमा बगेको रगत,उहाको चुम्बनको अभावमा बाच्न सक्दिन ।

म त्यहि ९ दिनको बच्चा,माफ गर्नुहोला चिन्नुभएन होला म त्यहि शिशु जसको आमाको नाम आजको समचारको हेडलाइटमा छ ,एउटा उपाधिबाट पुरस्क्रित भएकि छिन मेरि आमा ,पहिलो नेपालि महिला जसको कोभिड नाइन्टिनबाट भगवान् को प्यारि भइन्

✍️श्याम तिमल्सिना

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला….

आइतबार, जेठ ०४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१