सुर्खेत । पछिल्लो २४ घण्टाभित्र कर्णालीमा ९५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल, पशुपंक्षि रोग अन्वेशण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण अनुसार ३७ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षण अनुसार ५८ जना नयाँ व्यक्तिमा कोरोना पृष्टी भएको हो ।

जसमा सुर्खेतका १७, जुम्लाका ३९, दैलेख ५, जाजरकोट २, कालिकोट २२, बाँके ४, बर्दिया १, बजांग १, कैलाली २, दांग १ र दार्चुलाका १ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ६ जनाले कोरोना जितेपछि हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार १ सय २५ पुगेको छ ।

योसँगै कर्णालीमा कुल कोरोना संक्रमितको संख्या २ हजार ५ सय ५१ पुगेको छ । हालसम्म कर्णालीमा संक्रमण पुष्टी भएका मध्य ६ जनाको मृत्यु भईसकेको छ ।

हाल कर्णालीका विभिन्न आइसोलेसनमा रहेका सक्रिय कोरोना विरामीको संख्या ३ सय ३५ जना रहेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका अनुसार कर्णालीमा हालसम्म ६० हजार १ सय ९२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

यसैविच, पछिल्लो २४ घण्टामा १ हजार १२० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । ३२० महिला र ८०० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । उनीहरुमध्ये २३ हजार २९० कोरोनामुक्त भएका छन् ।

काठमाण्डौंमा एक हप्ता थपियो निषेधाज्ञा

काठमाण्डौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । तर, यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ ।

बुधबार, भाद्र १७, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४